FAQs Complain Problems

समाचार

ग्यालरी

सुरक्षित नागरिक आवास निर्माण कार्यक्रम (फुसको छानालाई जस्तापाताको छानाले विस्थापित गर्ने) अन्तर्गत सिरीजङ्घा गाउँपालिकाका २८० जना लाभग्राहीसग अनुदान सम्झौता गर्दै गरेको अवस्था । यस कार्यक्रम अन्तर्गत प्रत्येक लाभग्राहीले रु. ५० हजार बराबरको रकम प्राप्त गर्नेछन् । उक्त रकमको पहिलो किस्ता वापत् रु. ३० हजार बराबरको रकम लाभग्राहीको बैंक खाता मार्फत पेश्की स्वरुप उपलब्ध गराइनेछ भने लाभग्राहीहरुले यही मिति २०७७ चैत्र १५ गतेभित्र सम्झौता बमोजिमको कार्य सम्पन्न (जस्तापाताको छाना लगाई) गरि सम्बन्धित प्राविधिक तथा वडा कार्यालयको सिफारिस सहित अन्तिम किस्ता वापतको रकम अर्थात् रु.

मिति: 02/21/2021 - 11:55
, , , , , , ,

सिरीजङ्घा गाउँपालिकाका अध्यक्ष श्री टीका राम गुरुङ ज्यू, ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री झरेन्द्र प्रसाद चापागाईं ज्यू, जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका प्रमुख ज्यू, सशस्त्र प्रहरी वल, ताप्लेजुङका प्रमुख ज्यू, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्यू, इलाका प्रहरी कार्यालय, तेल्लोकका प्रमुख ज्यू, नेपाल बैंक लिमिटेड, सिरीजङ्घा शाखाका प्रमुख ज्यू, २ नम्बर र ४ नम्बर वडाका वडा अध्यक्ष ज्यू लगायतको संयुक्त टोलीबाट निर्माणाधीन "सिरीजङ्घा गाउँपालिकाको प्रमुख प्रशासकीय भवन"को स्थलगत अनुगमन भएको छ । सोही टोलीले १० शैयाको आधारभूत तेल्लोक अस्पताल निर्माण र गाउँपालिका भवन अगाडिको जग्ग

मिति: 02/20/2021 - 18:17
, , , , , ,

सिरीजङ्घा गाउँपालिकाको टोल विकास संस्था गठन तथा परिचालन सम्बन्धी ऐन, २०७६ बमोजिम गठित सिकैचा टोल विकास संस्थाले प्रत्येक महिनाको एक दिन स्थानीय विकास निर्माण कार्यमा श्रमदान गर्ने निर्णय गरेको छ । सो बमोजिम हालसम्म उक्त टोलभित्रका विभिन्न स्थानमा स्थानीय गोरेटो सडक निर्माण, खोला तटबन्धन लगायतका कार्यहरु गरि सकेको अवस्था छ। सिकैचा टोलमा जम्मा ६१ घरधुरी रहेका छन् । प्रायः सबै घरधुरीका सदस्यहरुले टोल विकास संस्थाको निर्णय बमोजिम विकास निर्माण कार्यमा महिनाको एक दिन श्रमदान दिने गरेको जानकारी उक्त टोल विकास संस्थाकी अध्यक्ष श्री शान्ती योङ्हाङ यवागुले गराउनु भएको छ । हालसम्म श्रमदान मार्फत सम्प

मिति: 02/15/2021 - 18:54

"सिरीजङ्घाको सान, उद्यमशील किसान" कार्यक्रम अन्तर्गत गाउँपालिकासगको अनुदान साझेदारीमा ६ नम्बर वडा, मामाङ्खेमा विभिन्न ७० जना कृषकले करीब २५५० बोट किवी फलको विरुवा रोप्नु भएको छ । कृषि क्षेत्र मार्फत स्थानीयबासीको जिवनस्तर उकास्नका लागि स्थानीय भूगोल र हावापानी अनुकुल हुने गरि यस वडाका ९ वटै टोलमा किवी खेती प्रवर्द्धन कार्यक्रम सन्चालनमा ल्याइएको छ ।

मिति: 02/13/2021 - 19:08
, , ,

सिरीजङ्घा गाउँपालिकाको आयोजनामा वडा नम्बर ५, पेदाङ र वडा नम्बर ६, मामाङ्खे लक्षित "सार्वजनिक सुनुवाई कार्यक्रम" गाउँपालिकाका उपाध्यक्ष श्री ज्ञानमाया चौहान ज्यूको अध्यक्षतामा आज सम्पन्न भएको छ । विकास निर्माण र सेवा प्रवाहका बारेमा स्थानीय वडाबासीहरुले राख्नुभएको जिज्ञासा एवम् गुनासाहरुको सम्बोधन गाउँपालिकाका उपाध्यक्ष श्री ज्ञानमाया चौहान, ५ नम्बर वडाका वडा अध्यक्ष श्री पूर्णसिंह माबो, ६ नम्बर वडाका वडा अध्यक्ष श्री सुखराज माबो र प्रमुख प्रशासकीय अधिकृत श्री सन्तोष घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा दुवै वडाका सम्पूर्ण टोल विकास संस्थाका पदाधिकारीहरुको सकृय सहभागिता रहेको थियो ।

मिति: 02/12/2021 - 18:03
, , , , , , , ,

सिरीजङ्घा गाउँपालिकाका प्रत्येक वडा (८) का सामुदायिक विद्यालयबाट SEE परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने ८ जना विद्यार्थीहरुलाई "नि:शुल्क शिक्षा, हामी सबैको इच्छा" कार्यक्रम अन्तर्गत कृषि र पशु विज्ञान विधामा ३ वर्षे कोर्स (ISc Ag) अध्ययन गर्न श्री सिनाम क्याम्पस, सिनाम र श्री रत्न कुमार वान्तवा पोलिटेक्निकल ईन्स्टिच्युट, साखेजुङ, इलाममा औपचारिक तवरले पठाउनु अघि सम्बन्धित आठै जना विद्यार्थीहरुसग गाउँपालिकाबाट कबुलियतनामा गरियो। तीन वर्षे कोर्स अध्ययन समाप्त भए पश्चात् आफ्नो/आफ्नो वडा कार्यालयबाट कम्तिमा एक वर्षसम्म यी विद्यार्थीहरुले कृषि र पशु सेवा उपलब्ध गराउनु पर्ने हुन्छ। क्याम्पसमा ला

मिति: 12/18/2020 - 12:11
, , , , , , , , ,

Pages

//