समाचार
"सिरीजङ्घा गाउँपालिकाको प्रमुख प्रशासकीय भवन"को स्थलगत अनुगमनका तस्विरहरु
सिरीजङ्घा गाउँपालिकाका अध्यक्ष श्री टीका राम गुरुङ ज्यू, ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री झरेन्द्र प्रसाद चापागाईं ज्यू, जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका प्रमुख ज्यू, सशस्त्र प्रहरी वल, ताप्लेजुङका प्रमुख ज्यू, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्यू, इलाका प्रहरी कार्यालय, तेल्लोकका प्रमुख ज्यू, नेपाल बैंक लिमिटेड, सिरीजङ्घा शाखाका प्रमुख ज्यू, २ नम्बर र ४ नम्बर वडाका वडा अध्यक्ष ज्यू लगायतको संयुक्त टोलीबाट निर्माणाधीन "सिरीजङ्घा गाउँपालिकाको प्रमुख प्रशासकीय भवन"को स्थलगत अनुगमन भएको छ । सोही टोलीले १० शैयाको आधारभूत तेल्लोक अस्पताल निर्माण र गाउँपालिका भवन अगाडिको जग्गा अधिग्रहणका लागि स्थलगत प्रारम्भिक अवलोकन समेत गरेको छ ।