समाचार
सिरीजङ्घा गाउँपालिकाको आयोजनामा वडा नम्बर ५, पेदाङ र वडा नम्बर ६, मामाङ्खे लक्षित "सार्वजनिक सुनुवाई कार्यक्रम" का केहि झलकहरु
सिरीजङ्घा गाउँपालिकाको आयोजनामा वडा नम्बर ५, पेदाङ र वडा नम्बर ६, मामाङ्खे लक्षित "सार्वजनिक सुनुवाई कार्यक्रम" गाउँपालिकाका उपाध्यक्ष श्री ज्ञानमाया चौहान ज्यूको अध्यक्षतामा आज सम्पन्न भएको छ । विकास निर्माण र सेवा प्रवाहका बारेमा स्थानीय वडाबासीहरुले राख्नुभएको जिज्ञासा एवम् गुनासाहरुको सम्बोधन गाउँपालिकाका उपाध्यक्ष श्री ज्ञानमाया चौहान, ५ नम्बर वडाका वडा अध्यक्ष श्री पूर्णसिंह माबो, ६ नम्बर वडाका वडा अध्यक्ष श्री सुखराज माबो र प्रमुख प्रशासकीय अधिकृत श्री सन्तोष घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा दुवै वडाका सम्पूर्ण टोल विकास संस्थाका पदाधिकारीहरुको सकृय सहभागिता रहेको थियो ।