समाचार
ग्यालरी
नेपाल सरकारका खानेपानी मन्त्री माननीय उमाकान्त चौधरी ज्यूले आज मिति २०७८ साल चैत्र ०९ गते बुधबारका दिन सिरीजङ्घा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नु भएको छ। सिरीजङ्घा गाउँपालिकाका अध्यक्ष श्री टिका राम गुरुङज्यूको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल सरकारका पूर्व स्वास्थ्य राज्यमन्त्री माननीय तारामान गुरुङ र संविधान सभा सदस्य माननीय भूपेन्द्र थेबे ज्यू विशिष्ट अतिथिको रुपमा उपस्थित हुनु भएको थियो। प्रमुख जिल्ला अधिकारी, विभिन्न राजनैतिक दल, जनप्रतिनिधि, टोल विकास संस्था, विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधि एवम् स्थानीयबासी समेतको उपस्थितिमा सम्पन्न उक्त कार
नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा सिरीजङ्घा गाउँपालिकाद्वारा आयोजित "ताप्लेजुङ जिल्लाभित्रका अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, २०७८" सम्पन्न भएको छ। प्रतियोगितामा ताप्लेजुङ जिल्लाका ८ वटा स्थानीय तहभित्रका विभिन्न २७ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो। पहिलो चरणबाट उत्कृष्ट ५ विद्यार्थी छनोट गर्ने गरि समग्र प्रतियोगितालाई दुई चरणमा विभक्त गरिएको थियो। जस अनुसार पहिलो चरणबाट जम्मा ५ जना विद्यार्थीहरु प्रतियोगिताको दोस्रो एवम् फाइनल चरणमा प्रवेश गरेका थिए भने फाइनल चरणबाट देहायमा उल्लिखित विद्यार्थीहरुले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वनाको
मेलमिलाप सम्बन्धी आधारभूत आवासीय तालिमका तस्वीरहरू। उक्त तालिम कार्यक्रमको समापन समारोहमा ताप्लेजुङ जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश श्री प्रकाश राउत ज्यू प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो
"स्थानीयस्तरमै सेनिटरी प्याड उत्पादन सम्बन्धी आधारभूत आवासीय तालिम" आजबाट सम्पन्न भएको छ। गाउँपालिका क्षेत्रभित्रका विभिन्न १७ जना महिलाहरुलाई यो तालिम प्रदान गरिएको छ।
सिरीजङ्घा गाउँपालिकाको स्थापना दिवस (५औं) को सु-अवसरमा आयोजित प्रथम अध्यक्ष-कप भलिबल प्रतियोगिता, २०७७ सम्पन्न भएको छ । २ नम्बर वडा, आम्बेगुदिनले उक्त प्रतियोगिताको उपाधी (नगद ५०,०००।०० राशी, खेलाडीले कन्चनगङ्घा हिमाल बोकेको ५३ तोला चादीको ट्रफी, मेडल, प्रमाणपत्र) चुम्न सफल भएको छ भने ३ नम्बर वडा, सिकैचा उक्त प्रतियोगिताको उपविजेताको उपाधी (नगद ३०,०००।००, ट्रफी, मेडल र प्रमाणपत्र) चुमेको छ । त्यस्तै यो खेल प्रतियोगितामा ६ नम्बर वडा, मामाङ्खे र ४ नम्बर वडा, तेल्लोकले क्रमशः तेस्रो र चौथो स्थान हासिल गर्दै क्रमशः नगद २०,०००।०० र १०,०००।०० रकम, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत भएका छन् । प्
मिति २०७७ साल पौष १६ गतेदेखी शुरु भएको सिरीजङ्घा गाउँपालिकाको नियमित गाउँ सभा अधिवेशन (आठौं) आज मिति )२०७७ साल फागुन १२ गतेबाट सम्पन्न भएको छ। चालू आर्थिक वर्ष २०७७/०७८ को आयोजना तथा कार्यक्रममा केही संशोधन गर्दै गाउँ सभा अधिवेशन सम्पन्न भएको छ । यो गाउँ सभा अधिवेशनले गरेका केही महत्वपुर्ण निर्णयहरु तपसिल बमोजिम रहेको छ।
तपसिल
१. वडा नम्बर १, सिनाम, वडा नम्बर ४, तेल्लोक र वडा नम्बर ८, याम्फुदिनको वडा कार्यालयको प्रशासकीय भवन एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरि ठेक्का प्रकृया अघि बढाउने।
सुरक्षित नागरिक आवास निर्माण कार्यक्रम (फुसको छानालाई जस्तापाताको छानाले विस्थापित गर्ने) अन्तर्गत सिरीजङ्घा गाउँपालिकाका २८० जना लाभग्राहीसग अनुदान सम्झौता गर्दै गरेको अवस्था । यस कार्यक्रम अन्तर्गत प्रत्येक लाभग्राहीले रु. ५० हजार बराबरको रकम प्राप्त गर्नेछन् । उक्त रकमको पहिलो किस्ता वापत् रु. ३० हजार बराबरको रकम लाभग्राहीको बैंक खाता मार्फत पेश्की स्वरुप उपलब्ध गराइनेछ भने लाभग्राहीहरुले यही मिति २०७७ चैत्र १५ गतेभित्र सम्झौता बमोजिमको कार्य सम्पन्न (जस्तापाताको छाना लगाई) गरि सम्बन्धित प्राविधिक तथा वडा कार्यालयको सिफारिस सहित अन्तिम किस्ता वापतको रकम अर्थात् रु.
सिरीजङ्घा गाउँपालिकाका अध्यक्ष श्री टीका राम गुरुङ ज्यू, ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री झरेन्द्र प्रसाद चापागाईं ज्यू, जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका प्रमुख ज्यू, सशस्त्र प्रहरी वल, ताप्लेजुङका प्रमुख ज्यू, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्यू, इलाका प्रहरी कार्यालय, तेल्लोकका प्रमुख ज्यू, नेपाल बैंक लिमिटेड, सिरीजङ्घा शाखाका प्रमुख ज्यू, २ नम्बर र ४ नम्बर वडाका वडा अध्यक्ष ज्यू लगायतको संयुक्त टोलीबाट निर्माणाधीन "सिरीजङ्घा गाउँपालिकाको प्रमुख प्रशासकीय भवन"को स्थलगत अनुगमन भएको छ । सोही टोलीले १० शैयाको आधारभूत तेल्लोक अस्पताल निर्माण र गाउँपालिका भवन अगाडिको जग्ग