FAQs Complain Problems

समाचार

ग्यालरी

सिरीजङ्‌‍‍‌घा गाउँपालिकाको आयोजना तथा मानव अधिकार मञ्च नेपाल, इलामको सहजिकरणमा सिरीजङ्घा गाउँपालिकाको ८ वटै वडाका मेलमिलाप कर्ताहरुका लागी मेलमिलाप सम्बनन्धी ८ दिनसम्मको(४८ घण्टे) आधारभुत तालिम यहि मिति २०८० साल चैत्र १३ गतेका दिन सिरीजङ्घा गाउँपालिका अध्यक्ष श्री लालकृष्ण चौहान ज्यूले व्यानर वाचन गरी उद्घाटन गर्नुभएको कार्यक्रम मिति २०८० साल चैत्र २० गतेका दिन कोशी प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव ‍‍ ‍श्री लक्ष्मी प्रसाद भट्टराई ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । तालिम कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्न सहजिकरण गर्नुहुने प्रशिक्षक द्वय श्री गायत्री थेगिम ज्यु र श्री सन्तोष

मिति: 04/07/2024 - 14:03
, , , , , , , , , , , , , , , , ,

सिरीजङ्घा गाउँपालिका तथा राष्ट्रिय भूमि आयोग जिल्ला समिति ताप्लेजुङद्वारा यही मिति २०८०।१२।०४ गते आयोजित " भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित गराउनका लागि निस्सा बितरण कार्यक्रम सम्पन्न भएको छ । सिरिजङ्घा गाउँपालिका उपाध्यक्ष डा.

मिति: 03/18/2024 - 16:01
, , , , , , , , , , , , , ,

सिरीजङ्घा गाउँपालिकाको तेह्रौ गाउँसभा अधिवेशन मिति २०८०/०३/१० गते गाउँसभाको सभाहलमा सम्पन्न भएको छ।गाउँपालिकाका अध्यक्ष एवम गाउँसभा अध्यक्ष श्री लालकृष्ण चौहानको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले ५९ बुँदे नीति तथा कार्यक्रम स्वीकृत समेत गरेको छ ।तेह्रौ गाउँसभाको अधिवेशनबाट ५०,,४७०।१  रुपैया को बजेट बिनियोजन भएको छ।विपदबाट प्रभावित भएका घरपरिवार र गरिबिको रेखामुनी रहेका घर परिवारलाइ आवाशको हक सुनिश्चित गर्न "गाउँ आवास कार्यक्रम", मोतियाबिन्दु मुक्त गाउँपालिका, रेविजमुक्त ग

मिति: 06/27/2023 - 11:02
, , , , , , , , , , , , ,

सिरीजङ्घा गाउँपालिकाद्वारा यही मिति २०७९।११।२९ गतेदेखी चैत्र ०२ गतेसम्म आयोजित "अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता, २०७९ (दोश्रो अध्यक्ष-कप)" संचालन भएको थियो। प्रतियोगिताको उपाधी पाथिभरा याङ्वरक गाउँपालिकाले चुमेको छ। फुङ्लिङ नगरपालिकाले उपविजेताको उपाधी हासिल गरेको छ भने मेरिङ्देन र सिरीजङ्घा गाउँपालिकाले सान्त्वना पुरस्कार हात पार्न सफल भएका छन्। प्रथम पुरस्कार वापत् २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद साथै २६१ तोला चादीद्वारा निर्मित सिरीजङ्घा लिपि अङ्कित रनिङ ट्रफी विजेता टिमले प्राप्त गरेको छ। द्वितीय पुरस्कार स्वरुप रु.

मिति: 03/17/2023 - 15:03
, , , , , , , , , , , , , , , , , , ,

सिरीजङ्घा गाउँपालिकाको नियमित गाउँ सभा अधिवेशन (बाहौं) को दोस्रो बैठक मिति २०७९ साल माघ ०७ गते शनिवारका दिन गाउँपालिका अध्यक्ष श्री लालकृष्ण चौहानको अध्यक्षतामा बसेको थियो। बैठकमा गा.पा. उपाध्यक्ष डा. चित्र कुमार मावो, सम्पुर्ण वडाका वडा अध्यक्ष साथै वडा सदस्यहरुको उपस्थिति रहेको थियो । सभामा सम्पुर्ण विषयगत समितिका संयोजकहरुले विषय क्षेत्रगत संशोधित बजेट पेश गर्नुभएको थियो भने सम्पुर्ण बजेट सत्रको सहजीकरण गाउँ सभा सचिव एंव प्रमुख प्रशासकीय अधिकृत स्काइ पोख्रेलले गर्नुभएको थियो ।

मिति: 01/23/2023 - 15:40
, , , , , , , , , , , , , , , , , , ,

१ नम्बर वडा, र सिनाम नमुना माविको व्यवस्थापन तथा सिरीजङ्घा गाउँपालिकाको आयोजनामा गाउँपालिकाका अध्यक्ष श्री टिका राम गुरुङ ज्यूको अध्यक्षतामा "अन्तर्राष्ट्रिय विद्यार्थी दिवस" को सु-अवसर पारेर मिति २०७८ साल मंसीर १ गते बुधबार १ नम्बर वडा, सिनाममा तपसिलमा उल्लिखित कार्यक्रमहरु सम्पन्न भयो। गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्थाका पदाधिकारीहरु, स्थानीय राजनैतिक दल, सञ्चारकर्मी, स्थानीय प्रशासन, स्थानीय एवम् विभिन्न वडाका वडाबासी नागरिक र विद्यार्थी सहित उक्त कार्यक्रममा करीब ८०० जना सहभागीहरुको उपस्थिति रहेको थियो।

मिति: 08/25/2022 - 12:23
, , , , , , , , , , , ,

सिरीजङ्घा गाउँपालिकाको ६ नम्बर वडा, मामांखे स्वास्थ्य चौकीमा मिति २०७९ साल बैशाख १० गतेका दिनदेखी वर्थिङ सेण्टर सन्चालनमा ल्याउने गरी उक्त सेवाको सिरीजङ्घा गाउँपालिका अध्यक्ष श्री टिका राम गुरुङ ज्यूले उद्घाटन गर्नुभयो।

सबै वडाका बर्थिङ सेण्टरबाट उपलब्ध हुने सेवा पुर्याउने सोचका साथ थालिएको यो अभियान कार्यान्वयन भएको छ र ८ वटै वडाबाट यो सेवा सूचारु भैसकेको छ।

"म स्वस्थ, मेरो गाउँ स्वस्थ" अभियान कार्यान्वयन गर्न यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो।

मिति: 04/26/2022 - 10:55
, , , , , ,

Pages

//