समाचार
१ नम्बर वडा, र सिनाममा भएको सार्वजनिक सुनुवाई कार्यक्रमका झलकहरु ।
१ नम्बर वडा, र सिनाम नमुना माविको व्यवस्थापन तथा सिरीजङ्घा गाउँपालिकाको आयोजनामा गाउँपालिकाका अध्यक्ष श्री टिका राम गुरुङ ज्यूको अध्यक्षतामा "अन्तर्राष्ट्रिय विद्यार्थी दिवस" को सु-अवसर पारेर मिति २०७८ साल मंसीर १ गते बुधबार १ नम्बर वडा, सिनाममा तपसिलमा उल्लिखित कार्यक्रमहरु सम्पन्न भयो। गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्थाका पदाधिकारीहरु, स्थानीय राजनैतिक दल, सञ्चारकर्मी, स्थानीय प्रशासन, स्थानीय एवम् विभिन्न वडाका वडाबासी नागरिक र विद्यार्थी सहित उक्त कार्यक्रममा करीब ८०० जना सहभागीहरुको उपस्थिति रहेको थियो।
१. ३०० जना विद्यार्थी अट्ने क्षमताको छात्रवास भवन निर्माण शिलान्यास,
२. साविकको वडा कार्यालय भवन छात्रवास भवन सञ्चालनका लागि श्री सिनाम नमूना माविलाई हस्तान्तरण,
३. नवनिर्मित छात्रावास भवन (८ कोठे) उद्घाटन,
४. १ नं. वडा कार्यालय, सिनामको नयाँ भवन निर्माण शिलान्यास,
५. सिनाम स्वास्थ्य चौकीमा ल्याब सेवा उद्घाटन,
६. मादिबुङ टोलको मौलोडाँडामा हाटबजार उद्घाटन,
७. २०७६ र २०७७ सालको एस.इ.इ. परीक्षामा गाउँपालिका क्षेत्रभित्रबाट सर्वोत्कृष्ट नतिजा ल्याउने एक/एकजना छात्र र छात्रा (क्रमशः सिनाम माविका अमर बोखिम र निशाम थेबे तथा सिनाम माविका रोशन थेबे र आम्बेगुदिन माविका अनिता पौडेल) लाई एक/एक थान ल्यापटप सहित पुरस्कार वितरण,
८. २०७७ सालको कक्षा ८ को वार्षिक परीक्षामा गाउँपालिका क्षेत्रभित्रबाट सर्वोत्कृष्ट नतिजा ल्याउने एक/एकजना छात्र र छात्रा (आम्बेगुदिन माविका बबिन विष्ट र सिनाम माविका डुनिका गौतम) लाई नगद जनही २० हजार सहित पुरस्कार वितरण,
९. गाउँपालिका क्षेत्रभित्रका कृषकहरुलाई निःशुल्क माटो परीक्षण गराउनका लागि श्री सिनाम माविको माटो परीक्षण प्रयोगशालालाई ३ लाख ५० हजार रुपैंया अनुदान सहयोगको चेक हस्तान्तरण,
१०. सञ्चारकर्मीको सहजीकरणमा गाउँपालिकास्तरीय सार्वजनिक सुनुवाई,
११. पाथीभरा टोल विकास संस्थाको आयोजनामा ज्येष्ठ नागरिक र विद्यार्थीलाई सम्मान,
१२. सिनाम नमुना माविका विद्यार्थीद्वारा साँस्कृतिक कार्यक्रम प्रदर्शन,
१३. च्याब्रुङ नाच प्रदर्शन, आदि।