समाचार
सिरीजङ्घा गाउँपालिकाको ८ वटै वडाका मेलमिलाप कर्ताहरुका लागी मेलमिलाप सम्बन्धी ८ दिनसम्मको(४८ घण्टे) आधारभुत तालिम कार्यक्रम ।
सिरीजङ्घा गाउँपालिकाको आयोजना तथा मानव अधिकार मञ्च नेपाल, इलामको सहजिकरणमा सिरीजङ्घा गाउँपालिकाको ८ वटै वडाका मेलमिलाप कर्ताहरुका लागी मेलमिलाप सम्बनन्धी ८ दिनसम्मको(४८ घण्टे) आधारभुत तालिम यहि मिति २०८० साल चैत्र १३ गतेका दिन सिरीजङ्घा गाउँपालिका अध्यक्ष श्री लालकृष्ण चौहान ज्यूले व्यानर वाचन गरी उद्घाटन गर्नुभएको कार्यक्रम मिति २०८० साल चैत्र २० गतेका दिन कोशी प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव श्री लक्ष्मी प्रसाद भट्टराई ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । तालिम कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्न सहजिकरण गर्नुहुने प्रशिक्षक द्वय श्री गायत्री थेगिम ज्यु र श्री सन्तोष मगर ज्यू लाई सिरीजङ्घा गाउँपालिका आभार प्रकट गर्दछ ।