FAQs Complain Problems

समाचार

कञ्चनजंघा पदमार्ग, याम्फुदिन

Read More

सिन्चेपु भन्ज्याङ बजार

Read More

कावेली खोला

Read More

संक्षिप्त परिचय

ताप्लेजुङ जिल्लामा अवस्थित ८ वटा गाउँपालिका मध्ये सबै भन्दा पुर्वी सिमानामा रहेको यस सिरीजङ्गा गाउँपालिकाको नाम यस गाउँपालिकाको वडा नं. ४, साविकको गा.वि.स. तेल्लोक वडामा (१७ शताब्दी तिर हालको सिनाम, आम्बेगुदिन, तेल्लोक र पेदाङका सम्पुर्ण भागलाई सिनाम भनिन्थ्यो) जन्मिनुभएका लिम्बु भाषा तथा लिपीको सर्जक तथा संरक्षक त्येअङ्सी सिरीजङ्घा सिन थेवे (१७०४-१७४१ ई.सा. पुर्व) को योगदानलाई कदर गर्दै यस गाउँपालिकाको नाम सिरीजङ्घा गाउँपालिका रहन गएको हो।यो गाउँपालिकाको कुल क्षेत्रफल ४८१.०९ वर्ग कि.मी. रहेको छ भने २०६८ सालको जनगणना अनुसार यस गाउँपालिकाको जनसंङ्ख्या १५८०६ रहेको छ। प्रशासनिक तथा भौगोलिक रुपमा यस गाउँपालिका जम्मा ८ वटा वडामा साविकका गा.वि.स. (सिनाम, आम्बेगुदिन, सिकैचा, तेल्लोक, पेदाङ, मामंङखे, खेवाङ र याम्फुदिन) हरुमा विभाजन गरिएको छ भने यस गाउँपालिकाको गाउँकार्यपालिका रहेको केन्द्र साविकको गा.वि.स. तेल्लोक, हाल ४ नं. वडामा अवस्थित रहेको छ।यो गाउँपालिकाको पुर्वमा सिदिङ्मा गा.पा. र भारत, पश्चिममा याङवरक गा.पा. र फुङलिङ न.पा., उत्तरमा फक्ताङलुङ गा.पा. र दक्षिणमा पाँचथर जिल्ला पर्दछ। विश्चको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कंचनजङ्घा (८५८६ मिटर) हिमाल यसै गाउँपालिकाको वडा नं. ८, याम्फुदिनमा अवस्थित रहेको छ, जसलाई वर्षेनी विदेशी तथा स्वदेशी पर्यटकहरु दक्षिण मोहोदा हुँदै पैदल बाटो सुकेटार-लालीखर्क-खेसेवा-मामंङखे-याम्फुदिन-चैराम-ओक्टाङ हुँदै कंचनजङ्घा आधार शिवीर पुग्ने गर्दछन।अधिकांश लिम्बु जातीको बसोबास भएतापनि अन्य जात, जाती, भाषा, संस्कृती आदिको सम्मान गर्ने परिपाटि तथा जैविक विविधता, प्राकृतिक सुन्दरता, धार्मिक तथा ऐतिहासिक, जलस्रोतमा धनी गाउँपालिकाको रुपमा यस सिरीजङ्घा गाँउपालिकालाई लिन सकिन्छ।

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
Phone Number:
9852660331
Email:
gurungt090@gmail.com
उपाध्यक्ष
Phone Number:
9817945554
Email:

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी
सूचना प्रविधि अधिकृत
लेखा प्रमुख
कम्प्युटर अपरेटर

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- १ घण्टा भित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत/ सामान्य प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • खाता संचालन  / बन्दका लागि खाता संचालन गर्ने पदाधिकारीहरुको नमुना दस्तखत कार्ड, नागरिकता, फोटो
  • समितीको निर्णय
  • निवेदन
  • वडाको सिफारिस
सेवा प्रकारः-
सेवा समयः- गाउँपालिकाले सूचना प्रवाह गरे पछी
जिम्मेवार अधिकारीः- योजना, अनुगमन तथा तथ्यांक शाखा / वडा सचिव
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय / वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • उपभोक्ता समिति गठनको माईनुट फोटोकपी
  • उपभोक्ता समितिको निर्णयको फोटोकपी
  • समितिको विधान
  • समिति दर्ता गरी पाउँ भनी अध्यक्षको निवेदन
  • समितिका पदाधिकारीहरुको नागरिकताको फोटोकपी १ / १ प्रति
  • समितिको छाप
  • समितिको लेटरप्याड
  • दर्ता गर्नको लागि वडा समितिको सिफारिस
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत/ सामान्य प्रशासन शाखा प्रमुख / दर्ता ईकाई
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • निवेदन
  • प्रहरी सर्जमिन मुचुल्का
  • सम्बन्धित वडाको सिफारिस
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- सामाजिक विकास शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-
  • संस्थाको प्रगति प्रतिवेदन
  • लेखा परिक्षण प्रतिवेदन
  • कर चुक्ता सहितको निवेदन
  • कार्यरत वडाको सिफारिस
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- सामाजिक विकास शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
  • निवेदन
  • संस्थाको विधान एक प्रति
  • सम्बन्धित वडाको सिफारिश
  • संस्थाको पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • कार्यसमिती गठन निर्णयको प्रतिलिपि

Pages

जानकारी