FAQs Complain Problems

वार्ड नं ६

नेपालको मानचित्रमा सुदूरपुर्वि उत्तर ताप्लेजुङ्ग जिल्लाको पनि सुदूरपुर्वमा कञ्चन्जङ्घा र कुम्भकर्णको फेदिमा अवश्थित दुर्गम गा.वि.स.को परिचय बनाएको मांमखे गा.वि.स. समुद्री सतहबाट १७५० मि. उचाइमा जिल्ला सदरमुकाम ताप्लेजुङ बाट १३ कोष पूर्व उत्तरमा रहेको छ । स्थानीय लिम्बु भाषाबाट नामाङ्कीत भएको यो गा.वि.स.को नाममा,मा को अर्थ आमा र पाङ्भेको अर्थ गाँउबाट मापाङ्भे शब्द अपभ्रम्स भई मामांखे रहेको एउटा किंबदन्ती रहेको छ भने अर्को अर्थमा मा को. अर्थ हराउनु वा छलिनु र पाङ्भेको अर्थ गाँउ भई हराएको वा छलिएको. गाँउ,पछि मापाङ्भे अपभ्रम्स भई मामांखे रहन गएको भन्ने भनाई प्रचलित रहेको छ । अति गर्मी र अति जाडो पनि नभई शमसितोष्ण हावापानी पाइने यो गा.वि.स.को पूूूर्वमा खेवाङ्ग,पश्चिममा तापेथोक,सिकैचा र तेल्लोक उत्तरमा याम्फूदिन र दक्षिणमा पेदाङ्ग गाविस बिचमा रहेको अधिकांश भाग दक्षिणी मोहडा भइ फर्केको छ भने वार्ड नंं ८ र ९ उत्तरी मोहडाका रुपमा रहेका छन् ।

यस गाविसमा एक माध्यमिकक २ प्रावि, गरि तिन वटा शैक्षिक संस्थाहरु रहेका छन् जनसंख्या र क्षेत्रफलका हिसाबले यो गाविस सानो भएतापनि यहाँ को शैक्षिक संंरचना त्यति पूर्ण भने छैन । यस गाविसको वार्ड नं. १ को थवाथुक र वार्ड नं. ९ को सुदाप जस्ता ठाँउहरबाट बर्षायाममा घण्टौ सम्म हिडेर लक्ष्मि मावि सम्म आइपुग्न्ु यहाँका वालबालिकाहरु दिनचर्या नै हो । अधिकाँश ठाँउमा जंगल ठाडा खोल्साहरु तरेर पनि घण्टौ हिडेर विद्यालय सम्म आउनु यहाँका बालबालिका हरुको दिनचर्या नै हो । साँस्कृतिक रुपमा पनि यो गाविस निकै धनि छ । लिम्बु साँस्र्कतिक सग्रहालय रहेको यस गाविस मा ७७.३७ %भन्दा बढी जनसंख्या लिम्बु जातीले ओगटेको छ । पछिल्लो तथ्याङ्ग अनुसार २१२ घरधुरी ६६७ महिला र ६०१ पुरुष गरि १२६८ जनसंख्या रहेको छ । लिम्बु,क्षेत्री,भोटे,राई,गुरुङ्ग,कामी,दमाई,सार्की जस्ता जात—जाती हरु आ—आफ्नै भेष भूषा रितिरिवाज र चालचलनमा बाचिरहेका छन् ।

यस गाविस को हालसम्मको विकाशको गतिलाई हेर्ने हो भने सामान्य मान्न सकिन्छ । बिकाशको फड्को मार्ने प्रमुख मेरुदण्ड यातायात नै भएको र उक्त बिकाशको पूर्वाधारका रुपमा मेची राजमार्ग अन्र्तगत पाँचथरको गणेश चौक बाट राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माणधिन मध्य पाहाडी लोक मार्गमको थर्पू हुदै खान्देम्बे सम्म मात्र यातायातको पहुँच रहेको छ । यहाँबाट उक्त ठाँउहरुो द्ुरी करिब ६ घण्टाको रहेकोछ । कञ्चनजङ्घा हिमाल जाने पर्यटन पथले छोएको यस गाविसमा पर्वतारोहणको समयमा विभिन्न देशहरुबाट आउने पर्यटकहरुले यस गाविसको सोभा बढाएको पाइन्छ । दैनिक जिवनमा आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु आम्वेगुदिनको खान्देम्बे बजार र हप्पुखोलाबाट मानिस र खच्चडबाट ढुवानी गरेर यहाँसम्म ल्याउनुपर्ने बाध्यता रहेको छ ।
यस गाविसको उत्तरी क्षेत्रमा पाइने अलैंचीको अलावा चिराइतो, बिख,बिख्मा,निरबिख्मा,कुड्की,पाँचऔले ,पाखनबेद, बुढोओदती,सतुवा जस्ता जडिबुटीहरु यस गाविसका अमूल्य निधिहरु हुन । जो आवश्यक प्रचार प्रसार र संरक्षणको अभावमा ओझेलमा पर्दै आएका छन । यस गाविसमा जडिबुटी को संरक्षण गरि आवश्यक प्रसोधन केन्द्रको निर्माण गर्न सकेमामात्र पनि गाँउको मात्र नभएर समग्र जिल्लाको आर्थीक कायापलट हुन्छ भन्दा अतियुक्ति हुदैन । यस क्षेत्रमा पाइने विभिन्न लालीगुँरासहरु माँलिङ्गो निगालो रात निगालो रानिचाँप तितेचाँप घोडे चाँप जस्ता दुलर्भ बनस्पतीहरु यहाँकाबनहरुमा संरक्षणका पर्खाइमा रहेका छन् । नेपालमा पाइने दुलर्भ प्रजातीमा पर्ने झारल,घोेरल,थार,चितुवा,निगाले,कस्तुरी,भालु,रेड पाण्डा(हाब्रे) मृग ,सालक जस्ता बन्यजन्तु र चिलिमे,लरेवा,सिमकुखुरा,कालेज,प्यूरा,जस्ता पःक्षीहरु संरक्षीत रुपमा रहेका छन् ।

यस गाविसको नदिनालाहरुमा पुर्वतर्फ कावेली नदी बग्छ भने गाविसको वडा नं. ८ र ९ लाई खाक्सेवा खोलाले छुट्याएको छ । लोखे , लाभाङ , सुर्के , फात्लेछुवा ,सुन्दरी ,हाङखोला , थेईवा जस्ता खोला खोल्साहरु यहाँका जलाधारहरु छन् । जसको परिमाणस्वरुप हाल निर्माणधिन रहेको खाक्सेवा खोला लघु जल विद्युत आयोवना निकट भविष्यमानै सम्पन्न भए पश्चात यस गाविसलाई अध्यारोमुक्त गाविसका रुपमा सबैका सामुु परिचय दिलायन सकिन्छ ।

गाविसको तथ्याङ्गीय झलक
१. भौगोलीक वनावट 
जिल्ला                                ताप्लेजुङ्ग
उचाई                               १७५० मिटर (औसत वा केन्द्र)
कुल क्षेत्रफल                     ३७.०४ बर्ग किलोमिटर
दुरी                                   १३ कोष उत्तर पूर्व 
अक्षांश                              २७.४१ डिग्री उत्तर 
देशान्तर                            ८७.८३३ डिग्री पूर्व

२.सिमाना 
पूर्व                                     खेवाङ
उत्तर                                  याम्फुदिन 
पश्चिम                                 सिकैचा,तापेथोक तेल्लोक 
दक्षिण                                पेदाङ्ग

३.मौसम 
औषत                               ९.२० डिग्री सेन्टीग्रेट 
न्यूनतम तापक्रम               ० डिग्री सेन्टीगे्रट(पौष)
अधिकतम                        २६ डिग्री सेन्टीगे्रट(जेष्ठ)
हावापानी                         समशितोष्ण 
बर्षा                                 ११० देखि १९० से.मि. सम्म

४.जनसांख्यिक विवरण
कूल जनसंख्या                १२६८ 
महिला                            ६६७
पुरुष                               ६०१
लैंङ्गीक अनुपात              ९०.१
घरपरिवार संख्या            २१२
औषत परिवारको आकार ५ं९८ जना
जनसंख्या बृद्धि दर         ०.८ % क
जनघनत्व प्रति बर्ग किलोमिटर ३४.२३ जना 
शौचालय अवस्था ९८ % घर धुरी मा पक्की

५. शैक्षिक लगायत अन्य अवश्था

विद्याल                          ३(मावि १,प्रावि २)
विद्यार्थी संख्या              ४३२
शिक्षक संख्या               स्थायी ,८ अस्थाई,३ राहात,५ निज र १ वाल शिक्षक ।
साक्षरता                       ६१.८२ %,महिला ५९.५२ प% पुरुष ६४.३९ %
मातृ भाषा प्रयोग गर्ने लिम्बु समुदाय ४३ %
वाहुल्यता जाती लिम्बु ७७.३७ %
धर्ममा वाहुल्यता किराँत ७१.२७ %

६. सरकारी सेवा प्रदायक संस्थाहरुको विवरण 
गाविसको कार्यालय               मामांखे 
स्वास्थ्य चौकी                         मामांखे 
अतिरिक्त हुलाक कार्यलय      मामांखे

७. धार्मिक,ऐतिहासिक तथा पर्यटकीय स्थानहरु 
पर्यटकीय स्थान फुम्फे डाँडा वडा नं. ८
पर्यटकीय तथा एतिहाँसिक स्थल लिम्बु साँस्कृतिक सग्रहालय वडा नंं ४ 
पर्यटकीय बासस्थान (Camping Stay) फुम्फे,मामांखे ४ लिम्बु संग्रहालय छेउ

Ward Contact Number: 
9849622691

वडा कर्मचारी