FAQs Complain Problems

समाचार

सामाजिक सुरक्षा भत्ता कुन कुन वर्गका व्यक्तिहरुले पाउँछन्?

  • ज्येष्ठ नागरिक
    कर्णाली : ६० वर्ष पुगेको
    दलित : ६० वर्ष पुगेको
    अन्य : ७० वर्ष पुगेको
    रु १०००।-
     
  • एकल महिला
    विवाह नगरी बसेका महिला : ६० वर्ष पुगेको
    विवाह गरेको तर सम्बन्ध बिच्छेद भएका : ६० वर्ष पुगेको
    रु १०००।-
    विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत: काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन्।
     
  • विधवा
    पतिको मृत्यु भएका जुनसुकै उमेरका महिला
    रु १०००।-
    विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत: काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन्।
     
  • पुर्ण अपाङ्गता भएका
    महिला, वालवालिका कार्यालयबाट 'क' वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु
    रु २०००।-
     
  • अति अशक्त अपाङ्गता भएका
    महिला, वालवालिका कार्यालयबाट 'ख' वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु
    रु ६००।-
     
  • लोपोन्मुख आदिवासी - जनजाती
    बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया (पत्थरकट्टा, सिलकट, हुसवधिया, कुचबधिया) जातीका नागरिकहरु
    रु २०००।-
     
  • वालवालिका
    पाँच वर्ष उमेर ननाघेका देहाय वमोजिमका वालवालिका:
    कर्णाली अञ्चलका जिल्लाहरुका एक आमाका बढीमा २ वालवालिका
    देशभरीका दलित परिवारका एक आमाका बढीमा २ वालवालिका
    रु ४००।-