FAQs Complain Problems

वार्ड नं ३

सिकैचा वार्ड राजनैतिक रुपले ताप्लेजुङ्ग जिल्लाको निर्वाचन श्रेत्र नं. १ र ईलाका नं. ४ मा पर्दछ । यस वार्डको नाम लिम्बु भाषाबाट राखिएको पाईन्छ । धेरैको भनाईमा फरक फरक मत भए पनि निचोडमा यस वार्डको नामाकरण सिगे‐आजा को अपभ्रस शब्द हो ।जसको अर्थ सिगे भनेको बाघ र आजा को अर्थ खान्छ भन्ने बुझिन्छ । बाघ प्रसस्त मात्रामा पाईने ठाउ भएकाले सिगे‐आजा बाट सिगेजा हुँदै सिकैचा हुन गएको हो ।यो वार्ड उत्तर दक्षिण लम्पसार परि पश्चिम फर्किएको छ । जिल्ला  सदरमुकाम देखी ८ कोष पूर्वमा रहेको यो वार्ड सामान्य हिडाईमा सदरमुकाम देखी ६ घण्टा लाग्दछ ।यस वार्डमा १ उ.मा.वि. १ मा.वि. ४ नि.मा.वि २ प्रा.वि.रहेका छन् भने १ स्वास्थ्य चौकी १ अस्थायी प्रहरी पोष्ट १ अतिरिक्त हुलाक रहेका छन् ।
होया खोला,तुम्यावा खोला र फावाखोला बाट लघु जल विधुत उत्पादन गरि यस वार्डका सम्पुर्ण घर धुरीमा झलमल वत्ति बालिएको छ भने मध्य फावाखोला ल.ज.वि. निर्माणधिन अबस्थामा छ । सडक सन्जालको हिसाबले सुकेटार हुँदै कंचनजंघा बेस क्याम जाने सडकले यस वार्डलाई छोएको छ । 
यस वार्डको कुल क्षेत्रफल ३४.२३ वर्ग किलो मिटर छ । यस वार्डको सबै भन्दा होचो स्थान वार्ड नं. ९ को हाया दोभान १११० मिटरमा पर्दछ भने सबै भन्दा अग्लो स्थान वार्ड नं. १ को सुनपाती डाँडा ३८०० मिटरमा रहेको छ । यस वार्डको पूर्वमा आम्बेगुदिन तेल्लोक र मामांखे उत्तरमा तापेथोक लिङखिम, पश्चिममा फावाखोला नदी र फावाखोला फुरुम्बु तिरिङ्गे र दक्षिणमा डुमृसे रहेको छ । 
यस वार्ड को कुल ४१७ घर धुरी मा २६७२ जन संख्या रहेको छ ।जस मध्ये पुरुष १३४१ र महिला १३३१ छन् । लिम्बु जतीको बसोबास बढी भएको यस गा.वि.स.मा ब्रम्हण,क्षेत्री,राई,गुरुङ्ग कामी सार्की,भुजेल र जोगी जातीहरुको बसोबास रहेको छ ।

Ward Contact Number: 
9843669990

वडा समिति

वडा कर्मचारी