समाचार
सिरीजङ्घा गाउँपालिकाको आयोजनामा भएको अन्तरपालिका/अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ तथा वकतृत्वकला प्रतियोगिता साथै २०७८ को एस.इ.इ. परीक्षा र कक्षा ८ को परीक्षामा उत्कृष्ट जि.पि.ए. ल्याउने छात्र र छात्रासम्मान कार्यक्रम ।
मिति २०८०।०२।३१ र ३२ गते सिरीजङ्घा गाउँपालिकाको आयोजनामा भएको अन्तरपालिका/अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ तथा वकतृत्वकला प्रतियोगिता साथै २०७८ को एस.इ.इ. परीक्षा र कक्षा ८ को परीक्षामा उत्कृष्ट जि.पि.ए. ल्याउने छात्र र छात्रासम्मान कार्यक्रम २०८० सम्पन्न भएको छ । जसमा हाजिरी जवाफ प्रतियोगिता तर्फ फुङ्लिङ नगरपालिकाले प्रथम स्थान हासिल गरेको छ भने सिरीजङ्घा गाउँपालिका र मेरीङ्देन गाउँपालिका क्रमस द्धितिय र तृतिय स्थान हासिल गर्न सफल भएको छ साथै वकतृत्वकला प्रतियोगिता तर्फ सिरीजङ्घा गाउँपालिकाका विद्यार्थिहरुले प्रथम , द्वितिय र तृतिय स्थान हासिल गर्न सफल भएका छन । सिरीजङ्घा गाउँपालिकाको २०७९।८० को नीति तथा कार्यक्रमको सामाजिक विकास तर्फको बुदा नं. ११ र १२ मा निर्दिष्ट गरे वमोजिम कक्षा ८ मा गाउँपालिका क्षेत्र भित्रका सर्वोत्कृष्ट स्थान हासिल गर्ने आम्बेगुदिन मा.विका छात्र रिसन बस्नेतले ३.५१ जि.पि.ए ल्याएर पालिका प्रथम हुदै नगद रु. १५ हजार सहित सम्मानित हुनुभएको छ भने छात्रा तर्फ सिनाम मा.वि. बाट झरना विश्वकर्माले ३.३८ जि.पि.ए. ल्याएर नगद रु १२ हजार सहित सम्मानित हुनुभएको छ र २०७८ को एस .इ.इ. परीक्षामा सिरीजङघा गाउँपालिकाका विद्यालयहरु मध्ये बाट सिनाम नमुना मा.वि.का छात्र अनुष पोख्रेल ३.७५ जि.पि.ए ल्याएर पालिका प्रथम हुदै १ थान ल्याप्टप सहितसम्मानित हुनुिभएको छ भने छात्रा तर्फ श्री सिनाम नमुना मा.वि. कै छात्रा उषा भट्टराई ३.४० जि.पि.ए ल्याएर प्रथम हुदै १ थान ल्याप्टप सहित सम्मानित हुनुभएको छ ।