समाचार
अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता, २०८० (तेश्रो अध्यक्ष-कप)
सिरीजङ्घा गाउँपालिकाद्वारा यही मिति २०८०।१०।२४ गतेदेखी ऐ. २७ गतेसम्म आयोजित "अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता, २०८० (तेश्रो अध्यक्ष-कप)" संचालन भएको छ। प्रतियोगिताको फाइनल खेल मिति २०८०।१०।२७ गते गाउँपालिकाको सामाजिक विकास शाखाका संयोजक श्री बम प्रसाद गौतमको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगितामा गाउँपालिका अध्यक्ष श्री लाल कृष्ण चौहान र प्रमुख अतिथि कोशि प्रदेश सांसद माननिय श्री खगेन सिं हाङ्गाम रहनु भएको थियो । यस प्रतियोगिताको उपाधी पाथिभरा याङ्वरक गाउँपालिकाले चुमेको छ । सिदिङ्वा गाउँपालिकाले उपविजेताको उपाधी हासिल गरेको छ भने फुङ्लिङ् नगरपालिका र सिरीजङ्घा गाउँपालिकाले सान्त्वना पुरस्कार हात पार्न सफल भएका छन्। प्रथम पुरस्कार वापत् २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद साथै २६१ तोला चादीद्वारा निर्मित सिरीजङ्घा लिपि अङ्कित रनिङ ट्रफी विजेता टिमले प्राप्त गरेको छ। द्वितीय पुरस्कार स्वरुप रु. १ लाख ३३ हजार ३ सय ३३ नगद र ट्रफि रहेको थियो। सेमी फाइनल खेल्ने दुइवटा टिमलाई सान्त्वना पुरस्कार स्वरुप ३३ हजार ३ सय ३३ नगद र ट्रफी उपलब्ध गराइएको थियो ।
प्रतियोगितामा पाथिभरा याङ्वरक गाउँपालिकाका खेलाडी गिरिराज श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भई नगद रु. १० हजार, ट्रफी र मेडलले पुरस्कृत हुनु भएको छ भने अन्य विभिन्न विधामा समेत खेलाडीहरुलाई पुरस्कृत गरिएको छ। साथै प्रतियोगितामा विभिन्न धार्मिक सांस्कृतिक महत्व दर्शाउने कला नृत्य पस्तुत गरि खेललाई सभ्य, भव्य र मर्यादित बनाउन सहयोग पुर्याउनु हुने सम्बन्धित सबैलाई हार्दिक धन्यवाद ।