समाचार
सिरीजङ्घा गाउँपालिका तथा राष्ट्रिय भूमि आयोग जिल्ला समिति ताप्लेजुङद्वारा यही मिति २०८०।१२।०४ गते आयोजित " भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित गराउनका लागि निस्सा बितरण कार्यक्रमका तश्विरहरु ।
सिरीजङ्घा गाउँपालिका तथा राष्ट्रिय भूमि आयोग जिल्ला समिति ताप्लेजुङद्वारा यही मिति २०८०।१२।०४ गते आयोजित " भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित गराउनका लागि निस्सा बितरण कार्यक्रम सम्पन्न भएको छ । सिरिजङ्घा गाउँपालिका उपाध्यक्ष डा. चित्र कुमार मावो ज्यूको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय भुमि आयोग जिल्ला समिति ताप्लेजुङका अध्यक्ष श्री कृष्ण बस्नेत रहनु भएको थियो भने भुमि आयोग जिल्ला समिति ताप्लेजुङका सदस्यहरु, सिरीजङ्घा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत,इलाका प्रहरी कार्यालय प्रमुख, सिरीजङ्घा गाउँपालिकाका सबै वडाहरुका वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु, वडा सदस्य ज्यूहरु, कर्मचारी तथा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि आवेदन दिनुहुने घर परिवारका सदस्यहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा सिरिजङ्गा गाउँपालिकाको वडा नं १ सिनामका भूमिहीन सुकुम्बासी ८ तथा भूमिहीन दलित १९ , वडा नं २ आम्बेगुदिनका भूमिहीन दलित ८ तथा अव्यवस्थित बसोबासी २० ,वडा नं ३ सिकैचाका भूमिहीन सुकुम्बासी ३,भूमिहीन दलित ३ तथा अव्यवस्थित बसोबासी ३२ , वडा नं ४ तेल्लोकका भूमिहीन सुकुम्बासी १२,भूमिहीन दलित ६ तथा अव्यवस्थित बसोबासी ५८ ,वडा नं ५ पेदाङका भूमिहीन सुकुम्बासी ६, भूमिहीन दलित ३ तथा अव्यवस्थित बसोबासी २९ , वडा नं ६ मामाङ्खेका भूमिहीन सुकुम्बासी १ तथा अव्यवस्थित बसोबासी १ ,वडा नं ७ खेवाङका भूमिहीन सुकुम्बासी १६,भूमिहीन दलित ६ तथा अव्यवस्थित बसोबासी ३५ ,वडा नं ८ याम्फुदिनका भूमिहीन सुकुम्बासी १०,भूमिहीन दलित १ तथा अव्यवस्थित बसोबासी २० गरी जम्मा १९५ घर परीवारलाई निस्सा वितरण गरीएको थियो ।