समाचार
सिरीजङ्घा गाउँपालिकाको तेह्रौ गाउँसभा अधिवेशन मिति २०८०/०३/१० गते गाउँसभाको सभाहलमा सम्पन्न भएको छ।
सिरीजङ्घा गाउँपालिकाको तेह्रौ गाउँसभा अधिवेशन मिति २०८०/०३/१० गते गाउँसभाको सभाहलमा सम्पन्न भएको छ।गाउँपालिकाका अध्यक्ष एवम गाउँसभा अध्यक्ष श्री लालकृष्ण चौहानको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले ५९ बुँदे नीति तथा कार्यक्रम स्वीकृत समेत गरेको छ ।तेह्रौ गाउँसभाको अधिवेशनबाट ५०,५,४७०।१ रुपैया को बजेट बिनियोजन भएको छ।विपदबाट प्रभावित भएका घरपरिवार र गरिबिको रेखामुनी रहेका घर परिवारलाइ आवाशको हक सुनिश्चित गर्न "गाउँ आवास कार्यक्रम", मोतियाबिन्दु मुक्त गाउँपालिका, रेविजमुक्त गाउँपालिका, एक टोल एक स्ट्रेचर कार्यक्रम, "उत्पादन हातमा अनुदान साथमा" जस्ता कृषि प्रोत्साहन कार्यक्रम उक्त सभाबाट अनुमोदन भएको छ।"कृषि एम्बुलेन्सको व्यवस्था", प्रविधिमैत्री शिक्षा, शिक्षण सुधारको लागि शिक्षकको मासिक तलब सुबिधा जस्ता कार्यक्रम समेत समावेश भएका छन ।महिला तथा अपाङ्गमैत्री स्थानिय तहको अवधारणा, सडक गुरुयोजनाले तोकेको क्षेत्रमा मात्र सडक बिस्तार जस्ता कार्यक्रम समेत उक्त सभाबाट स्विकृत भएका छन। साथै अनुगमन तथा मुल्याङ्कनमा एकरुपता ल्याउनका लागि हप्ताको २ दिन तोक्ने नीति समेत अबलम्बन हुने भएको छ।असारे विकाश प्रवृतिलाइ रोक्नका निम्ति भदौबाट नै पुर्वाधारको कार्यसम्पादन सुरु गरेर वैसाख सम्ममा विकाश निर्माणको काम सक्ने नीति समेत अबलम्बन गर्ने नीति उक्त सभाले लिएको छ।विपदबाट हुनसक्ने क्षतिलाइ न्युनिकरण गर्न प्रत्येक वडामा मौसम पुर्वानुमानको स्वचलित औजार जडान गरि सम्भावित क्षतिलाइ न्युनिकरण गर्ने समेत उक्त सभाले सङ्कल्प लिएको छ।