समाचार
सिरीजङ्घा गाउँपालिकाद्वारा यही मिति २०७९।११।२९ गतेदेखी चैत्र ०२ गतेसम्म आयोजित "अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता, २०७९ (दोश्रो अध्यक्ष-कप) कार्यक्रमका तश्विरहरु ।
सिरीजङ्घा गाउँपालिकाद्वारा यही मिति २०७९।११।२९ गतेदेखी चैत्र ०२ गतेसम्म आयोजित "अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता, २०७९ (दोश्रो अध्यक्ष-कप)" संचालन भएको थियो। प्रतियोगिताको उपाधी पाथिभरा याङ्वरक गाउँपालिकाले चुमेको छ। फुङ्लिङ नगरपालिकाले उपविजेताको उपाधी हासिल गरेको छ भने मेरिङ्देन र सिरीजङ्घा गाउँपालिकाले सान्त्वना पुरस्कार हात पार्न सफल भएका छन्। प्रथम पुरस्कार वापत् २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद साथै २६१ तोला चादीद्वारा निर्मित सिरीजङ्घा लिपि अङ्कित रनिङ ट्रफी विजेता टिमले प्राप्त गरेको छ। द्वितीय पुरस्कार स्वरुप रु. १ लाख ३३ हजार ३ सय ३३ नगद र ट्रफि रहेको थियो। सेमी फाइनल खेल्ने दुइटा टिमलाई सान्त्वना पुरस्कार स्वरुप ४४ हजार ४ सय ४४ नगद र ट्रफी उपलब्ध गराइएको थियो।
प्रतियोगितामा ताप्लेजुङ जिल्लाका ८ वटा स्थानीय तहको भलिबल टिमको सहभागिता रहेको थियो। मेरिङ्देन गाउँपालिकाले फेयर प्ले टिमको अवार्ड स्वरुप नगद रु.१०,००० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा पाथिभरा याङ्वरक गाउँपालिकाका जर्सी नम्बर २ का खेलाडी गिरिराज श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भै नगद रु.१० हजार, ट्रफी र मेडलले पुरस्कृत हुनु भएको छ भने अन्य विभिन्न विधामा समेत खेलाडीहरुलाई पुरस्कृत गरिएको छ। खेललाई सभ्य, भव्य र मर्यादित बनाउन सहयोग पुर्याउनु हुने सम्बन्धित सबैलाई हार्दिक धन्यवाद ।