समाचार
सिरीजङ्घा गाउँपालिकाको नियमित गाउँ सभा अधिवेशन (बाहौं) को दोस्रो बैठकका झलकहरु ।
सिरीजङ्घा गाउँपालिकाको नियमित गाउँ सभा अधिवेशन (बाहौं) को दोस्रो बैठक मिति २०७९ साल माघ ०७ गते शनिवारका दिन गाउँपालिका अध्यक्ष श्री लालकृष्ण चौहानको अध्यक्षतामा बसेको थियो। बैठकमा गा.पा. उपाध्यक्ष डा. चित्र कुमार मावो, सम्पुर्ण वडाका वडा अध्यक्ष साथै वडा सदस्यहरुको उपस्थिति रहेको थियो । सभामा सम्पुर्ण विषयगत समितिका संयोजकहरुले विषय क्षेत्रगत संशोधित बजेट पेश गर्नुभएको थियो भने सम्पुर्ण बजेट सत्रको सहजीकरण गाउँ सभा सचिव एंव प्रमुख प्रशासकीय अधिकृत स्काइ पोख्रेलले गर्नुभएको थियो ।
यो अधिवेशनले चालू आर्थिक वर्ष २०७९।८० को सिरीजङ्घा गाउँपालिकाको विनियोजन ऐन र आर्थिक ऐन २०७९ उपर प्रथम संशोधन गरेको छ ।