समाचार
सिरीजङ्घा गाउँपालिकाको स्थापना दिवस (५औं) को सु-अवसरमा आयोजित प्रथम अध्यक्ष-कप भलिबल प्रतियोगिता, २०७७ कार्यक्रमका झलक।
सिरीजङ्घा गाउँपालिकाको स्थापना दिवस (५औं) को सु-अवसरमा आयोजित प्रथम अध्यक्ष-कप भलिबल प्रतियोगिता, २०७७ सम्पन्न भएको छ । २ नम्बर वडा, आम्बेगुदिनले उक्त प्रतियोगिताको उपाधी (नगद ५०,०००।०० राशी, खेलाडीले कन्चनगङ्घा हिमाल बोकेको ५३ तोला चादीको ट्रफी, मेडल, प्रमाणपत्र) चुम्न सफल भएको छ भने ३ नम्बर वडा, सिकैचा उक्त प्रतियोगिताको उपविजेताको उपाधी (नगद ३०,०००।००, ट्रफी, मेडल र प्रमाणपत्र) चुमेको छ । त्यस्तै यो खेल प्रतियोगितामा ६ नम्बर वडा, मामाङ्खे र ४ नम्बर वडा, तेल्लोकले क्रमशः तेस्रो र चौथो स्थान हासिल गर्दै क्रमशः नगद २०,०००।०० र १०,०००।०० रकम, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत भएका छन् । प्रतितोगिता अवधिभर खेलिएका खेलमध्येबाट उदयीमान खेलाडीको रुपमा ६ नम्बर वडा, मामाङ्खेका श्री सचिन लिम्बू नगद ३ हजार रकम, ट्रफी, मेडल र प्रमाणपत्र सहित पुरस्कृत भएका छन् भने सर्वोत्कृष्ट खेलाडीको रुपमा २ नम्बर वडा, आम्बेगुदिनका श्री याम बहादुर भट्टराई नगद ५ हजार रकम, ट्रफी, मेडल र प्रमाणपत्र सहित पुरस्कृत हुनु भएको छ । गाउँपालिका स्थापना दिवसको सु-अवसरमा तपसिल बमोजिमका कार्यक्रमहरु समेत आयोजना गरिएको थियो।
तपसिल
१. सशस्त्र द्वन्द्वको समयमा गाउँपालिका क्षेत्रभित्रबाट सहादत प्राप्त गर्नुभएका विभिन्न १६ जना सहिद (श्री खड्गप्रसाद माबो लिम्बू, श्री अशोक निरौला, श्री इन्द्रकुमार पौडेल, श्री सन्तोष बुढाथोकी, श्री तीर्थराज नेपाल, श्री शिवकुमार काङ्वा, श्री कविराज लिम्बू, श्री युवराज थेबे, श्री धनकुमार बुढाक्षेत्री, श्री ओमा अधिकारी, श्री दुधराज लिम्बु, श्री मसिने माबो लिम्बू, श्री पासाङ भोटे, श्री पूर्णकुमार भट्टराई, श्री निर्मल चौहान र श्री सन्चकुमार राई) का परिवारलाई नगद १० हजार रकम र सम्मान-पत्रले सम्मान गरिएको,
२. सशस्त्र द्वन्द्वको समयमा मानवअधिकार प्रवर्द्धनको क्षेत्रमा उल्लेख भूमिका निर्वाह गरि "१० वर्षे द्वन्द्वमा ताप्लेजुङ" नामक ऐतिहासिक दस्तावेज प्रकाशन समेतमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएका मानवअधिकारकर्मी श्री चन्द्रप्रकाश भट्टराईलाई सम्मान गरिएको,
३. राष्ट्रियस्तरको भलिबल प्रतियोगितामा सहभागिता जनाई गाउँपालिकाको पहिचान प्रवर्द्धनमा भूमिका निर्वाह गरि सक्नुभएका ३ जना पुर्व राष्ट्रिय भलिबल खेलाडी (श्री रामकुमार घतानी, श्री खड्क प्रसाद खवास र श्री बिमल भण्डारी) हरुलाई नगद १० हजार रकम र सम्मान-पत्रले सम्मान गरिएको,
४. आर्थिक वर्ष २०७७।०७८ मा गाउँपालिका तथा सार्वजनिक निकायका नाममा नि:शुल्क जग्गादान गर्नुहुने विभिन्न ८ जना जग्गादाता (श्री लक्ष्मीप्रसाद माबो लिम्बू, श्री धनप्रसाद लिम्बू, श्री टिकाराम लिम्बू, श्री मनप्रसाद भट्टराई, श्री डम्बरबहादुर लिम्बू, श्री मनकुमारी लिम्बू, श्री गङ्गादेवी लिम्बू र श्री देविमाया कडरिया) हरुलाई सम्मान-पत्रले सम्मान गरिएको,
५. २०७७ सालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी (श्री हिमाल तिमल्सिना) शिक्षक (श्री लक्ष्मीप्रसाद अधिकारी) र स्वास्थ्यकर्मी (श्री महेश थापा) लाई उत्कृष्ट कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीको रुपमा सम्मान-पत्रले सम्मान गरिएको,
६. बिजुवा नाच, च्याब्रुङ नाच आदि प्रदर्शन, आदि।