समाचार
जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन्?
जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :
- जन्मको अनुसुची-२ (नियम ५ संग सम्बन्धित) बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने)
- आमा / बाबुको विवाहदर्ताको प्रतिलिपि
- आमा / बाबुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- आमा / बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
- अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
- वडाको किटानी सिफारिस
- दस्तुर गा.पाको निर्णय अनुसार
- माथि उल्लेखित प्रक्रिया पुरा भइपछि अनुसुची-१२ अनुसारको प्रमाणपत्रक उपलब्ध गराईनेछ