समाचार
४ वर्षीय कृषि तथा पर्यटन रणनीति तर्जुमा गोष्ठिमा सम्मेलित सहभगीहरु।।
यहि माघ २९ देखि फागुन २ सम्म ४ वर्षीय कृषि तथा पर्यटन रणनीति तर्जुमा गोष्ठि कार्यपालिकाका पदाधिकारी, कर्मचारी, ईसिमोडका विशेषज्ञ, कृषक तथा पर्यटन व्यवसायीहरुको सहभागितामा सम्पन्न गरियो।उक्त कार्यक्रमको उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष टिका राम गुरुङज्युले गाउँपालिकाको कृषि तथा पर्यटन क्षेत्रको दिगो तथा समृद्द विकासको लागि ४ वर्षीय कृषि तथा पर्यटन रणनीति मार्गदर्शनको रुपमा रहने कुरामा जोड गर्नुभयो।उक्त कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत प्रसन्नदीप राईज्युले गाउँपालिकाको विस्तृत विवरणको जानकारी गराउँदै आ.व.०७४।०७५ को बजेटमा कृषि तथा पर्यटन क्षेत्रमा कुल विनियोजित बजेटको १०.७४% र १४.८१% रकम विनियोजन गरेको जानकारी गराउनु भयो। उक्त कार्यक्रममा ईसिमोडको तर्फबाट पानी तथा हावा विशेषज्ञ डा. सञ्जीव बुचर, मिन बहादुर गुरुङ, सविता शर्मा तथा हिमालिका, ताप्लेजुङबाट हरिश्चन्द्र चिलवालले कार्यक्रम अवधी भर सहजीकरण गर्नुभयो।