समाचार
सिरीजङ्घा गाउँपालिकाको ५०% साझेदारी तथा संघीय सरकारको ५०% समपुरक अनुदानबाट निर्मित सिरीजङ्घा गाउँपालिका र सिदिङ्वा गाउँपालिका जोड्ने बाँकेटार स्थित तावाखोला मोटरेबल पुलको समुद्घाटन कार्यक्रम ।
सिरीजङ्घा गाउँपालिकाको ५०% साझेदारी तथा संघीय सरकारको ५०% समपुरक अनुदानबाट निर्मित सिरीजङ्घा गाउँपालिका र सिदिङ्वा गाउँपालिका जोड्ने बाँकेटार स्थित तावाखोला मोटरेबल पुलको समुद्घाटन कार्यक्रम यहि मिति: २०८०/०२/१३गते गाउँपालिकाका अध्यक्ष श्री लालकृष्ण चौहानबाट सुसम्पन्न भयो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष डा चित्रकुमार लिम्बू र गाउँपालिकाका निवर्तमान अध्यक्ष टीकाराम गुरुङज्युको समेत उपस्थिती रहेको थियो। पुलको निर्माणस्थल सिरीजङ्घा गाउँपालिकाको वडा नं ७ र सिदिङ्वा गाउँपालिकाको वडा नं ७ जोड्ने बाँकेटार स्थित तावाखोलामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । आयोजनाको कुल लागत रकम रु ५,९१,०६,९३७.३७( भ्याट तथा पि.एस. सहित) रहेकोमा निर्माण व्यवसायी अन्जना/हिमतारा जे.भी. ले रकम रु ४,१०,०८,५०९.२३ ( भ्याट तथा पि. एस. सहित )मा सम्झौता गरि तोकिएको समयसीमा २०८०/०५/०३ सम्म रहेकोमा तोकिएको अवधी भन्दा करिव ३ महिना अघावै उक्त आयोजना सम्पन्न गरेको छ।