समाचार
सिरीजङ्घा गाउँपालिकाको नियमित गाउँसभाको १४औं अधिवेशन बैठक (२०८०।१०।०३) ले मूख्य गरी ३ वटा एजेण्डाहरुमा छलफल गरी सर्वसम्मतिले पारित गर्दै आजको हिउँदे अधिवेशन अन्त्य भयो ।
सिरीजङ्घा गाउँपालिकाको नियमित गाउँसभाको १४औं अधिवेशन बैठक (२०८०।१०।०३) ले मूख्य गरी ३ वटा एजेण्डाहरुमा छलफल गरी सर्वसम्मतिले पारित गर्दै आजको हिउँदे अधिवेशन अन्त्य भयो ।
१.आर्थिक वर्ष ०७९।८० को अन्तिम लेखा परिक्षणबाट औंल्याइएको बेरुजु मध्ये रु२५२८३६०३.०० प्रमाण कागजातहरु जुटाइ श्री महालेखा परिक्षकको कार्यालयलाई बेरुजु सम्परिक्षण गरिदिनु हुन भनी छलफल गरी सर्वसम्मतिले पारित भयो ।
२. सिरीजङ्घा गाउँपालिकाको विनियोजन ऐन,२०८० उपर प्रथम संशोधन गरी रु.५०५४७०१००.०० रहेकोमा रु.५६३५७५७४४.२७ को संशोधन प्रस्ताव उपर छलफल गरी सर्वसम्मतिले पारित भयो ।
उक्त संशोधन प्रस्तवमा तपशिल बमोजिमका मूख्य मूख्य कार्यक्रमहरुमा बजेट विनियोजन भएका छन् ।
क)सिरीजङ्घा गाउँपालिकाका वडा नं १,४,५,६,७,८ का प्रशासकीय भवनहरु चालू आर्थिक वर्षमा सम्पन्न गर्ने गरी बजेट विनियोजन गरेको ।
ख)"म स्वास्थय मेरो गाउँ स्वास्थय" अन्तर्गत चालू आर्थिक वर्षमा सम्पन्न गर्ने गरी १० शैयाको अस्पतालमा आवश्यक बजेट विनियोजन गरेको ।
ग) सिरीजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोक लगायत आशपासको क्षेत्रहरुमा उत्पन्न हुने फोहोरमैलाको व्यवस्थापनको लागी डम्पिङ्ग साइट निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको ।
घ) सिनाम नमूना माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुको लागी निर्माणाधिन रहेको छात्राबास सम्पन्न गर्नको लागी आवश्यक बजेट विनियोजन गरेको ।
ङ)सिरीजङ्घा गाउँपालिकाको केन्द्र सम्म आउने सडक स्तरउन्नतिको लागी आम्बेगुदिन देखि तेल्लोक सम्मको सडकलाई आवश्यक बजेट विनियोजन गरेको ।
च) विपद्ले क्षतिपुर्याएको तावाखोला मोटररेबल पुलको संरक्षणको लागी आवश्यक बजेट विनियोजन गरेको ।
छ)विद्यार्थीहरुको लागी स्वच्छ खानेपानी आपूर्ति गर्न श्री तेल्लोक माध्यमिक विद्यालय,तेल्लोकमा खानेपानी आयोजनालाई बजेट विनियोजन गरेको ।
छ)सिरीजङ्घा गाउँपालिकामा फलफूल जुस उद्योग स्थापनार्थको लागी बजेट विनियोजन गरेको ।
ज) सिरीजङ्घा गाउँपालिकामा हुने विकाश निर्माण,सार्वजनिक सेवा प्रवाह लगायतको कार्यहरुमा कडाइका साथ अनुगमन तथा कार्यान्वयन हुने गरी गाउँपालिका,जनप्रतिनिधी,कर्मचारी एवं सरोकारवालाहरु अग्रसर हुने प्रतिवद्दता सहितको कार्यक्रम संशोधन लगायत अन्य विविध कार्यक्रमहरु सर्वसम्मतिले पारित गरेको ।