FAQs Complain Problems

सिरीजङ्घा गाउँपालिकाको आयोजनामा यही मिति २०७७ साल फागुन २४ गतेदेखि ऐ. २६ गतेसम्म "प्रथम अध्यक्ष-कप भलिबल प्रतियोगिता, २०७७" संचालन हुने बारेको सुचना।

सूचना ! सूचना !! सूचना !!! सूचना !!!! सूचना !!!!!

सिरीजङ्घा गाउँपालिकाको आयोजनामा यही मिति २०७७ साल फागुन २४ गतेदेखि ऐ. २६ गतेसम्म "प्रथम अध्यक्ष-कप भलिबल प्रतियोगिता, २०७७" संचालन हुन गइरहेको छ । यो प्रतियोगितामा गाउँपालिका क्षेत्रभित्रका ८ वटै वडाका भलिबल टिमको सहभागिता गराउने गरि सबै वडा कार्यालयमा पत्राचार गरि सकिएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. ५० हजार, दोस्रो हुने टिमलाई नगद रु. ३० हजार, तेस्रो हुने टिमलाई नगद रु. २० हजार र सान्त्वना पुरस्कार वापत् नगद रु. १० हजार उपलब्ध गराइनेछ । त्यसैगरि समग्र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद रु. ५ हजार, उदयीमान खेलाडीलाई नगद रु. ३ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद रु. १ हजारले पुरस्कृत गरिनेछ । प्रत्येक वडाबाट छनोट भएर आएका एकजना टिम मेनेजर र ११ जना (६+३+२ जना) खेलाडीलाई जम्मा ३ दिनको खाना/खाजा/बास र जर्सी सहितको सम्पुर्ण व्यवस्था गाउँपालिकाबाटै मिलाइएको छ । वडास्तरमा खेलाडी छनोट कार्यमा आवश्यक व्यवस्थापन गर्न प्रती वडा नगद रु. २५ हजारका दरले रकम उपलब्ध गराइएको छ । योग्य/ इच्छुक खेलाडीहरुले आ/आफ्नो वडा कार्यालयमा सम्पर्क राख्नुहोला

आर्थिक वर्ष: