समाचार
खेवाङको जहाने गाउँदेखि भञ्ज्याङ, चोक्टीपाताल, ओखरबोटे, आलुबारी, निगाले, जैबटार, आपडाडा हुँदै राष्ट्रिय माविसम्म जोड्ने सडक निर्माण आयोजनाको ठेक्का आव्हान गरिएको सूचना ।
गाउँपालिकाको केन्द्र, तेल्लोकदेखि ७ नम्बर वडा, खेवाङ र ८ नम्बर वडा, याम्फुदिन पुग्न छिमेकी सिदिङ्वा गाउँपालिकाको भूगोल छिचोल्दै जानू पर्ने वाध्यात्मक अवस्था छ। यो वाध्यात्मक अवस्थाको दीर्घकालीन समाधानका लागि "खेवाङको जहाने गाउँदेखि भञ्ज्याङ, चोक्टीपाताल, ओखरबोटे, आलुबारी, निगाले, जैबटार, आपडाडा हुँदै राष्ट्रिय माविसम्म जोड्ने सडक निर्माण आयोजनाको ठेक्का आव्हान गरिएको छ। यो प्रस्तावित सडकको लम्बाई ९२०० मिटर रहेको छ। यही २०७८ साल चैत्र मसान्तसम्म उक्त आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ। यो सडक निर्माण भए पश्चात् ५ नम्बर, ७ नम्बर र ८ नम्बर वडाका नागरिकहरुले प्रत्यक्ष लाभ लिनेछन्। समयमै गुणस्तरीय तवरले आयोजना सम्पन्न गर्न सरोकारवाला सबैको साथ/सहयोगको अपेक्षा गाउँपालिकाले लिएको छ। प्रचलित कानून बमोजिम योग्य निर्माण व्यवसायीहरुले आयोजना निर्माणको ठेक्का प्रक्रियामा सहभागिता जनाउन यो सूचना प्रकाशन गरिएको छ ।