FAQs Complain Problems

आ.व. २०७७।७८ को पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज साझेधारी कार्यक्रम सम्बन्धी सूचना।

"सिरीजङ्घाको गौरव, कन्चनजङ्घा"

पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी (संचालन तथा व्यवस्थापन) निर्देशिका, २०७७ अनुसार लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास गर्ने कार्यक्रम अन्तर्गत यसगाउँपालिकाको "वडा नम्बर ८, याम्फुदिनको आम्जी खोलाबाट नयाँ झोरेनी, तुप्लुङ, दुन्दुडाडा, नगर्चा, चैराम हुँदै कन्चनजङ्घा बेस क्याम्प जाने साहसिक पदमार्ग निर्माण आयोजना" का लागि रु. ५ करोड बराबरको आयोजना नेपाल सरकारबाट छनोट भएको छ । ३ वर्षभित्रमा सम्पन्न गरि सक्नुपर्ने उक्त आयोजनामा नेपाल सरकारले रु.३ करोड ५० लाख बराबरको बजेट उपलब्ध गराउनेछ भने बाकी रु.१ करोड ५० लाख बराबरको रकम गाउँपालिकाले आफ्नै बजेटबाट व्योहोर्नु पर्नेछ ।

आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धनमा उल्लेख्य भूमिका निर्वाह गर्न सक्ने यो आयोजनाले स्थानीयस्तरमा रोजगारी सिर्जना गरि सिरीजङ्घाबासीको जिवनस्तर उकास्न कोशेढुङ्गा सावित हुन सक्छ । आयोजना सिफारिस देखि स्वीकृत गर्ने सम्म संलग्न सरोकारवाला सम्पूर्णमा हार्दिक धन्यवाद ।

आर्थिक वर्ष: