समाचार
आगलागि सम्बन्धि अभ्यास कार्यक्रम ।
सिरीजङ्घा गाउँपालिका, जिल्ला बिपद ब्यवस्थापन समिति ताप्लेजुङ , इलाका प्रहरि कार्यालय तेल्लोक, स.प्र.ब. नेपाल शुरक्षा बेस सिनाम, नेपाल रेडक्रस सोसाइटि र तेल्लोक स्पोर्टिङ क्लब को संयुक्त आयोजना यहि मिति २०८०।११।२१ गतेका दिन सिरीजङ्घा गाउँपालिका वडा नम्बर ४ तेल्लोकमा रहेको तेल्लोक मा.वि. को खेल मैदानमा विपद् ब्यवस्थापन अन्तर्गत आगलागि नियन्त्रण सम्बन्धि अभ्यास कार्यक्रम सम्पन्न भएको छ । आगलागी जस्ता विपद्का घटनावाट हुने क्षतिको न्यूनिकरणको लागि जनप्रतिनिधिहरु तथा नागरिकहरुलाई सम्युक्त उपस्थितिमा प्रत्यक्ष लाभान्वित हुने गरि उक्त कार्यक्रममा समावेश गरिएको छ । साथै विपदको वेला अपनाउनुपर्ने उपाय र स्थानिय सरकारले विपदवाट हुने क्षति न्यूनिकरणका लागि के कस्ता सामग्री खरिद गर्नुपर्ने हो भन्ने कुराको समेत जानकारी भएको छ । अधिकांश विपद्को व्यवस्थापन स्थानीय तहले नै गर्नुपर्ने व्यवस्था अनुरुप स्थानीय तह अझै बढी शक्तिशाली हुनका लागि यस्ता चेतना सहितका अभ्यास कार्यक्रमको आवश्यक्ता रहेको छ ।