FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

  • ज्येष्ठ नागरिक
    कर्णाली : ६० वर्ष पुगेको
    दलित : ६० वर्ष पुगेको
    अन्य : ७० वर्ष पुगेको
    रु १०००।-
     
  • एकल महिला
    विवाह नगरी बसेका महिला : ६० वर्ष पुगेको
    विवाह गरेको तर सम्बन्ध बिच्छेद भएका : ६० वर्ष पुगेको
    रु १०००।-
    विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत: काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन्।
     
  • विधवा
    पतिको मृत्यु भएका जुनसुकै उमेरका महिला
    रु १०००।-
    विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत: काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन्।
     
  • पुर्ण अपाङ्गता भएका
    महिला, वालवालिका कार्यालयबाट 'क' वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु
    रु २०००।-
     
  • अति अशक्त अपाङ्गता भएका
    महिला, वालवालिका कार्यालयबाट 'ख' वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु
    रु ६००।-
     
  • लोपोन्मुख आदिवासी - जनजाती
    बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया (पत्थरकट्टा, सिलकट, हुसवधिया, कुचबधिया) जातीका नागरिकहरु
    रु २०००।-
     
  • वालवालिका
    पाँच वर्ष उमेर ननाघेका देहाय वमोजिमका वालवालिका:
    कर्णाली अञ्चलका जिल्लाहरुका एक आमाका बढीमा २ वालवालिका
    देशभरीका दलित परिवारका एक आमाका बढीमा २ वालवालिका
    रु ४००।-

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • जन्मको अनुसुची-२ (नियम ५ संग सम्बन्धित) बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने)
  • आमा / बाबुको विवाहदर्ताको प्रतिलिपि
  • आमा / बाबुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस
  • आमा / बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
  • अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
  • वडाको किटानी सिफारिस
  • दस्तुर गा.पाको निर्णय अनुसार
  • माथि उल्लेखित प्रक्रिया पुरा भइपछि अनुसुची-१२ अनुसारको प्रमाणपत्रक उपलब्ध गराईनेछ

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • प्रति नागरिकताको फाराम कालोमसिले भरी दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
  • सनाखत गर्न जाने व्यक्तिको नागरिकता (तिनपुस्ते नाता खोलिएको)
  • जन्म दर्ता
  • शैक्षिक योग्यताको प्रमाण-पत्र, विवाह दर्ता, बसाईसराई दर्ता
  • अस्थायी निस्सा