FAQs Complain Problems

समाचार

वडा नं ८

याम्फुदिन गाविस ताप्लेजुङ जिल्लाको उत्तर पूर्वि वार्ड हो । यसको उत्तरमा लेलेप, पश्चिममा तापेथोक, दक्षिणमा मामांखे र खेवाङ्ग, र पूर्वमा भारतको सिक्किम प्रान्त रहेको छ । यस गासिसमा एक वटा मावि र तिन वटा प्रावि , एक वटा वालविकाश ,केन्द्र एउटा सिमा प्रहरी चौकी र एउटा स्वास्थ्य चौकी रहेको छ । कन्चनजंघा संरक्षण क्षेत्र अन्र्तगत पर्ने यस गाविसमा राई गुरुङ्ग,भोटे र लिम्बु जातीहरुको बसोबास रहेको छ । सदरमुकाम देखि १८ कोष टाढा रहेको यो गाविस अति दुर्गम हुनुका साथै अबिकसित समेत रहेको छ । यहाँका मानिसहरुको मुख्य पेशा कृषि पशुपालन र पर्यटन ब्यवसाय हो यस गाविसमा पुग्न जिल्ला सदरमुकामबाट २ दिनको पैदल दुरीमा पर्दछ । यस वार्ड भित्र स्थायी बसोबास गर्ने घरधूरी संख्या १४९ रहेको छ भने कुल जनसंख्या ७३८ रहेको छ । विश्वको तेस्रो सर्वोच्च शिखर कन्चनजंघा यसै वार्डमा पर्दछ । यस वार्डको बिच भागबाट कावेली नदी बग्दछ । यस वार्डमा १ वटा ल.ज.बि र २ वटा पेल्ट्रीक सेट सञ्चालन भई बिद्युत सेवा उपलब्ध छ भने केही घरहरुमा सौर्य उर्जा बाट बत्तिको ब्यवस्था छ । यस वार्डमा हालसम्म सडक नपुगेको हुदाँ दैनिक घरयासी सामानहरु खरिद गर्न खेवाङ सम्म जानुपर्ने बाध्यता यहाँका मानिसहरुमा छ । यहाँ सामान ढुवानी गर्नको लागी मानिहरुले खच्चड, चौरी र भरीयाको प्रयोग गर्दछन् । यातायातको सुुविधा नभएको ले गर्दा यहाँ सामानको मूल्य अत्यन्तै महंगो पर्दछ ।

Ward Contact Number: 
9842642999

वडा समिति

वडा अध्यक्ष
वडा सदस्य
वडा सदस्य
वडा सदस्य
वडा सदस्य