FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

ताप्लेजुङ जिल्लामा अवस्थित ८ वटा गाउँपालिका मध्ये सबै भन्दा पुर्वी सिमानामा रहेको यस सिरीजङ्गा गाउँपालिकाको नाम यस गाउँपालिकाको वडा नं. ४, साविकको गा.वि.स. तेल्लोक वडामा (१७ शताब्दी तिर हालको सिनाम, आम्बेगुदिन, तेल्लोक र पेदाङका सम्पुर्ण भागलाई सिनाम भनिन्थ्यो) जन्मिनुभएका लिम्बु भाषा तथा लिपीको सर्जक तथा संरक्षक त्येअङ्सी सिरीजङ्घा सिन थेवे (१७०४-१७४१ ई.सा. पुर्व) को योगदानलाई कदर गर्दै यस गाउँपालिकाको नाम सिरीजङ्घा गाउँपालिका रहन गएको हो।यो गाउँपालिकाको कुल क्षेत्रफल ४८१.०९ वर्ग कि.मी. रहेको छ भने २०७८ सालको जनगणना अनुसार यस गाउँपालिकाको जनसंङ्ख्या १४११४रहेको छ। प्रशासनिक तथा भौगोलिक रुपमा यस गाउँपालिका जम्मा ८ वटा वडामा साविकका गा.वि.स. (सिनाम, आम्बेगुदिन, सिकैचा, तेल्लोक, पेदाङ, मामंङखे, खेवाङ र याम्फुदिन) हरुमा विभाजन गरिएको छ भने यस गाउँपालिकाको गाउँकार्यपालिका रहेको केन्द्र साविकको गा.वि.स. तेल्लोक, हाल ४ नं. वडामा अवस्थित रहेको छ।यो गाउँपालिकाको पुर्वमा सिदिङ्मा गा.पा. र भारत, पश्चिममा याङवरक गा.पा. र फुङलिङ न.पा., उत्तरमा फक्ताङलुङ गा.पा. र दक्षिणमा पाँचथर जिल्ला पर्दछ। विश्चको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कंचनजङ्घा (८५८६ मिटर) हिमाल यसै गाउँपालिकाको वडा नं. ८, याम्फुदिनमा अवस्थित रहेको छ, जसलाई वर्षेनी विदेशी तथा स्वदेशी पर्यटकहरु दक्षिण मोहोदा हुँदै पैदल बाटो सुकेटार-लालीखर्क-खेसेवा-मामंङखे-याम्फुदिन-चैराम-ओक्टाङ हुँदै कंचनजङ्घा आधार शिवीर पुग्ने गर्दछन।अधिकांश लिम्बु जातीको बसोबास भएतापनि अन्य जात, जाती, भाषा, संस्कृती आदिको सम्मान गर्ने परिपाटि तथा जैविक विविधता, प्राकृतिक सुन्दरता, धार्मिक तथा ऐतिहासिक, जलस्रोतमा धनी गाउँपालिकाको रुपमा यस सिरीजङ्घा गाँउपालिकालाई लिन सकिन्छ।

पर्यटकिय स्थलहरु:

कञ्चनजङ्घा संरक्षण क्षेत्र ,कञ्चनजङ्घा हिमाल र पदमार्ग, पर्वतारोहण तथा साहसिक यात्रा, पाथीभरा पैदल मार्ग, सिरीजङ्घा मन्दिर र गुफा, डाँडा गाँउ शिवालय मन्दिर, किराँतेश्वर मन्दिर (राष्ट्रिय विभुती श्री फाल्गुनन्दद्वारा होम होमादी गरेको स्थान), प्रभु थुम्का, काबेली नदीमा संभावित -याफ्टिङ तथा कायोकिङ, बारुले पोखरी, लिम्बु सङग्रहालय मांमखे, तातोपानी ( सिरीजङ्घाद्वारा स्नान गरिइको), साना पाथीभराहरु, राँके औखलढुङ्गा तावाटार, खुर्पे ढङ्गा आदि प्राकृतिक आश्चर्य तथा आकर्षक गन्तव्य पर्यटकिय क्षेत्रको रुपमा रहेको छ।

आदिवासी जनजाति तथा संस्कृती:

यस सिरीजङ्घा गाउँपालिकाका अधिकांश जनसंख्या लिम्बु जातिको भएतापनि अन्य जात, जातीको समेत उल्लेख्य रुपमा उपस्थिती रहेको छ। समान सह-अस्तित्वको भाव अनुरुप हिमाली भेग याम्फुदिनमा राई, गुरुङ, शेर्पा लगायतका जातजाति बस्ने गर्दछन् जसको आफ्नै भाषा, लिपी, धर्म, पेशा, संस्कार, भेषभुषा, गरगहना, खानपिन, लोकनाच र लोकपरम्पराहरु रहेका छन्। यसै गरी यस गाउँपालिकाको केन्द्र तथा आसपास वडाहरुमा लिम्बु तथा खस-आर्य जात जातीको उत्तिकै सङ्ख्यामा उपस्थिती रहेकोमा लिम्बु जातिहरुको धान नाच, च्याब्रुङ नाच, चासोक तङनाम, ककफेक्वा तङनाम, पालम, हाक्पारे जस्ता लोक मौलिक परम्परा रहेको छन भने अन्य खस आर्य जात, जातिहरुको मौलिक लोक परम्पराको रुपमा देवाली पुजा, श्री कृष्ण प्रणामी, हरि धर्म, दशै-तिहार, धामी बसाउने, विभिन्न देव देवी पुजा आदि रहेको छ। यस्तै गरी मगर, तामाङ, सुनुवार, भुजेल, कामी, दमाई, सार्की आदि जातिहरु पनि यस गाउँपालिकामा प्रशस्तै रहेका छन्।

मुख्य वन्यजन्तु र चराचुरुङगीहरु:

यस सिरीजङ्घा गाउँपालिका वन्यजन्तु, जीव जङ्गल तथा चराचुरुङ्गीको विविधता भएको क्षेत्र हो। यस गाउँपालिकाको वडा नं. ८, याम्फुदिनको सम्पुर्ण भाग कंचनजंघा संरक्षण क्षेत्र अन्तर्गत पर्दछ जहाँ विश्वकै दुर्लभ हिँउचितुवा, हिमाली भालु, हाब्रे (Red Panda) आदि पाईन्छ।यी बाहेक यस गाउँपालिको पनि अरु भेगमा कस्तुरी, मृग, चितुवा, भालु, स्याल आदि प्रशस्तै पाईन्छ। त्यसै गरी डाँफे, मुनाल, मयुर, कालिज, चिमिले, काँडे भ्याकुर, हुचिल, गिद्द आदि दुर्लभ चराचुरुङ्गी समेत प्रशस्तै पाईन्छ।

जडिबुटिहरु:

यस सिरीजङ्घा गाउँपालिकाको जडिबुटि अन्तर्गत मुख्य आयस्रोत र खेतीको रुपमा अलैची र चिराईतोलाई लिए तापनि माथिल्लो भेगमा अन्य जडिबुटिहरु जस्तै पाँच औले, विखुमा, कुट्कि, सर्मागुरु, पदमचाल, पाखनबेद, टिमुर जस्ता जडिबुटिहरु प्रशस्तै मात्रामा पाईन्छन्।

गाउँपालिकाको केन्द्र कसरी पुग्ने:

  1. बिर्तामोड-झापा-ईलाम-फिदिम-थर्पु-सिनाम-खाम्दिम्बे-हपुखोला-तेल्लोक (सडक यातायात)
  2. फुङलिङ बजार-पाथिभरा मार्ग-फावाखोला-सिकैचा-तेल्लोक (पैदल यात्रा)